काठमाडौं – नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको समय सकिएको छ । मतदानको लागि तोकिएको समयभन्दा झण्डै ४५ मिनेट बढी समय लागेको छ ।


ADVERTISEMENT


औपचारिक रुपमा कति मत खस्यो भनेर घोषणा नभएपनि करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । निर्वाचनका लागि २ हजार १५३ प्रतिनिधिहरु छानिएका थिए । निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा गरिएपनि केहि समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।


ADVERTISEMENT

# # #


सोमबार राती नै मतदान हुने कार्यतालिका रहेपनि ढिलो गरेर मंगलबार बिहान चार बजेदेखि मात्र मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल प्रतिश्पर्धा रहेको छ ।