काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा एक जना प्रतिनिधिलाई मत खसाल्न नै ४५ मिनेट समय लाग्ने भएको छ । कांग्रेस महाधिवेशन प्रचार समितिका प्रमुख एवं कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार एक जना प्रतिनिधिले मत खसाल्न ४५ मिनेट समय लाग्ने भएको हो ।


ADVERTISEMENT


कांग्रेसले महाधिवेशनको  नारा ‘उत्साह, एकता, रुपान्तरण सफल बनाउन नेपाली कांग्रेसको १४औं महाधिवेशन’ तय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिए ।


ADVERTISEMENT

# # #


शर्माका अनुसार सभापति शेरबहादुर देउवाले विहीबार अपरान्ह ४ बजे महाधिवेशनको लोगो पनि सार्वजनिक गर्दै छन् । प्रदेश महाधिवेशनको उदघाटनका क्रममा महाधिवेशनको लोगो सार्वजनिक गर्ने तायारी भइरहेको शर्माले जानकारी दिए ।

त्यस्तै यस पटकको महाधिवेशनबाट नेतृत्व चयन गर्दा प्रतिनिधिहरुलाई २९ वटा मतपत्र हुनेसमेत उनले जानकारी दिए ।  काठमाडौंको राष्ट्रिय सभागृह र महेन्द्र पुलिस क्लबमा मतदानको व्यवस्था मिलाउने तयारी भइरहेको उनको तर्क छ ।