काठमाडौं – अभिनेत्रीसमेत रहेकी रेखा थापा महामन्त्रीमा पराजित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।


ADVERTISEMENT


अन्तिम मतपरिणाम अनुसार कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । रेखाले १६४० मत ल्याएकी छन् । पराजित भएपछि प्रतिक्रिया दिँदै रेखाले राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालिएकोमा खुसी व्यक्त गरेकी छन् । ‘राप्रपालाई कमल थापाको कोठेबारीबाट निकालियो, यसैमा खुसी छु’, उनले भनिन् ।


ADVERTISEMENT

# # #