ललितपुर – डीटीएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाईट टेलिपोर्ट स्थापना गरेको छ ।


ADVERTISEMENT


छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटलाईट टेलिपोर्ट स्थापना गरेको हो ।


ADVERTISEMENT

# # #


प्राविधिक अथवा प्रकृतिक अवरोधका बाबजुद पनि सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटलाईट टेलिपोर्ट स्थापना गरेको कम्पनीको भनाई छ ।

छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशनमार्फत फाईबर केवलको माध्यममार्फत स्थापित सो स्याटलाईट टेलिपोर्टसम्म पुर्‍याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।