रोल्पा– माओवादी जनयुद्धको उद्गमस्थल रोल्पाको थवाङमा नेपाली काँग्रेस रोल्पाको नेतृत्व पहिलोपटक पुग्दा आइतबार स्थानीयवासीले स्वागत गरेका छन् ।


ADVERTISEMENT


विगतमा माओवादी इतर राजनीतिक दलको उपस्थिति शून्य रहँदै आएको थवाङमा नेपाली काँग्रेस, रोल्पालाई पहिलोपटक बाजागाजा र फूलमालासहित थवाङ प्रवेश गराइएको हो ।
विसं २०६४ को संविधानसभा निर्वाचनमा सबै मत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको थवाङले २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने शून्य मतदान गरेको थियो ।


ADVERTISEMENT

# # #


थवाङमा रहेका स्थानीय राजनीतिक दल र सर्वसाधारणसँग अन्तक्र्रिया गरी नेपाली काँग्रेस रोल्पाले थवाङको विकासका बारेमा छलफल गरेको थियो ।

थवाङी जनताले विगत लामो समयदेखि उठान गर्दै आएको विकास गतिविधिमा अगुवाइ गरिदिन पनि काँग्रेसलाई स्थानीय बासिन्दाले आग्रह गरेको काँग्रेस, रोल्पाका सभापति अमरसिं पुनले बताए।

नेपाली काँग्रेसको अगुवाइमा थवाङ विकास गुरुयोजना तथा जलजला पर्यटन विकास गुरुयोजना बनाउने काँग्रेस रोल्पाले प्रतिबद्धतासमेत जाहेर गरेको छ ।
हरेक महिनाको ५ गते जिल्ला सदरमुकाम बाहिर घुम्ती बैठक बस्दै आएको काँग्रेस, रोल्पाले यसपटकको बैठक थवाङमा राखेको थियो ।