नेपालगन्ज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तोकिएको मितिमा स्थानीय निकायको निर्वाचन गराउन सरकारले खुट्टा कमाउन नहुने बताएका छन् ।


ADVERTISEMENT


एमालेको बाँके प्रचार विभागद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले भनने– “कुनै दल, कथित मोर्चा र कुनै समूहले निर्वाचनको विरोध गर्छन् भने पनि निर्वाचन रोक्ने अलोकतान्त्रिक चरित्र सरकारले प्रस्तुत गर्नु हुँदैन । निर्वाचनका लागि सरकार दरो भएर प्रस्तुत हुनुपर्छ, सरकार लुलो र फितलो भएर प्रस्तुत भयो भने निर्वाचन नचाहनेलाई त्यसले फाइदा पुर्याउँछ”, उनको सुझाव थियो ।


ADVERTISEMENT

# # #


उनले संविधानले कसैलाई भेद्भाव नगरेको बताउँदै तराईका जनतालाई संविधानको विरुद्ध अल्मल्याइएको छ, यही अवस्थालाई दृष्टिगत गरी आफ्नो दलले मेची–महाकाली अभियान सञ्चालन गरेको बताए ।

पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो दलको अहिले एउटै मूल उद्देश्य निर्वाचन भएकाले त्यसअघि सत्ता हेरफेर प्रयासमा नलाग्ने स्पष्ट पारे।

पत्रकार सम्मेलनमा पार्टी महासचिव ईश्वर पोखरेलले कुनै पनि अवस्थामा आफ्नो दल संविधान संशोधनको पक्षमा नजाने अडान दोहर्याउँदै दलहरुले संशोधन केका लागि भन्ने प्रश्नको जवाफ पहिले जनतालाई स्पष्टसँग भन्न सक्नुपर्ने बताए ।