काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान सुरु भइसकेको छ। यससंगै पदाधिकारी एवम् सदस्यका निम्ति उम्मेदवारमा उठेका नेताहरुको बेचैनी समेत बढेको छ ।


ADVERTISEMENT


हुन पनि लामो समयसम्म पार्टीमा आबद्ध भई योगदान पुर्‍याउँदै आएका नेताहरुको यस परीक्षाको घडीमा बेचैनी बढ्नु स्वभाविक पनि हो । यद्यपि पदाधिकारी एवम् सदस्यको लागि उम्मेदवार दिएका केहि नेताहरुले आफ्नो स्वविवेकको प्रयोग गर्दै यस समयलाई प्रत्यक्ष, अप्रत्यक्ष एवम् सामाजिक सञ्जालकै माध्यमबाट मतदात्ताहरुमा सकरात्मक प्रभाव पार्न सदूपयोग गरिरहेको देखिन्छ ।


ADVERTISEMENT

# # #


यसैक्रममा महामन्त्रीका निम्ति उम्मेदार दिएका नेता गगन थापाले महाधिवेशन भावी नेतृत्व चयनको दूरगामी महत्वपूर्ण क्षण रहेको बताउँदै सम्पूर्ण मतदाताहरुलाई विवेकपूर्ण निर्णयका साथ मतदान गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले महाधिवेशनबाट नयाँ यात्रा थाल्नुपर्ने र यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको भन्दै सोको निम्ति सहयोग गर्न अपिल समेत गरेका हुन् ।

‘‘समुन्नत नेपाल : सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पुरा गर्न पार्टी पुनर्जनागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपील गर्दछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

मतदानबारे नेता थापाद्वारा सामाजिक सञ्जाल फेसबुकमा लेखिएको लेख :

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू,

नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपालस् सम्मानित नेपाली’ बनाउने हाम्रो संकल्प पुरा गर्न पार्टी पुनर्जनागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपील गर्दछु।