काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीका लागि अहिले मतगणना भइरहेको छ । प्रारम्भिक मतपरिणाममा गगन थापाले अग्रता लिएका छन् । अन्य उम्मेदवारले थापालाई पच्छ्याइरहेका छन् ।


ADVERTISEMENT


१६९५ मतगणना हुँदा  थापाले ११५५ मत पाएका छन्  । गगन कांग्रेसको महाधिवेशनमा  शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका हुन् ।  त्यसैगरी प्रकाशमान समूहका  विश्वप्रकाश शर्माले ७४१ मत पाएका छन् । देउवापक्षका  प्रकाशशरण महतले ५५४ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


देउवापक्षकै अर्का उम्मेदवार प्रदीप पौडेलले ६१८ मत पाएका छन् । शेखर कोइराला प्यानलका  मीनेन्द्र रिजालले २९६ मत पाएका छन् । राजाराम कार्कीले  ५३ मत पाएका छन् ।