काठमाडौं – नेदरल्याण्ड्सले ओमिक्रोन कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर लकडाउनको घोषणा गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री मार्क रुटेले गैर(आवश्यक पसलहरू, बारहरू, जिम हेयर ड्रेसरहरू र अन्य सार्वजनिक स्थानहरू कम्तिमा जनवरी १४ सम्म बन्द हुने घोषणा गरेका हुन् । प्रधानमन्त्री रुटेले प्रतिबन्ध आइतबार देखि लागु हुने जानकारी दिदै लकडाउन गर्न अनिवार्य रहेको बताएका छन् ।


ADVERTISEMENT

# # #


युरोपभरका देशहरूले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन तिब्र गतिमा फैलिएपछि प्रतिबन्धहरू कडा गर्दै आएका छन् ।

नयाँ नियम अन्तर्गत, मानिसहरूलाई सकेसम्म घरमा बस्न आग्रह गरिएको छ । त्यस्तै भेट्न सक्ने मानिसहरूको संख्यामा कडा सीमाहरू राखिने, मानिसहरू घरमा भेट्न जान १३ वर्ष र माथिका दुई अतिथिहरूलाई अनुमति दिइने, २४-२६ डिसेम्बरमा र नयाँ वर्षको पूर्वसन्ध्या र नयाँ वर्षको दिनमा चार जनालाई अनुमति दिइने बताइएको छ ।

अन्त्येष्टि, किराना सामान बेच्ने साप्ताहिक बजार र दर्शक बिना व्यावसायिक खेलकुद खेलहरू बाहेक अन्य कार्यक्रमहरूलाई अनुमति दिइएको छैन । सबै विद्यालयहरू कम्तिमा ९ जनवरीसम्म बन्द रहनेछन्, जबकि अन्य लकडाउन कम्तीमा १४ जनवरीसम्म कायम रहने छ ।रेस्टुरेन्टहरूले टेकवे खानाहरू बेच्न जारी राख्न सक्ने बताइएको छ ।