काठमाडौँ– युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडीसहित ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गरेको छ ।


ADVERTISEMENT


आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा उसु खेलाडीहरु दिपक हमाल, जुनी राई र सुस्मिता तामाङसहित कराँतेका एलेन श्रेष्ठ र एथलेटिक्सकी पुष्पा भण्डारीलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले प्रतिभा सम्मान प्रदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


त्यसैगरी, पारा खेलकुदतर्फका केशव थापाले पनि प्रतिभा सम्मान प्राप्त गरेका छन् । ६ जना खेलाडीले सम्मानपत्रसहित जनही १ लाख प्राप्त गरे । रेफ्रीतर्फ तेक्वान्दोका अशोक खड्काले पनि प्रतिभा सम्मान प्राप्त गरे । उनी सम्मनपत्र सहित नगद १ लाखबाट पुरस्कृत भए । तेक्वान्दो प्रशिक्षकद्धय संगीना वैद्य र नोर्बु लामालाई पनि उक्त सम्मान प्रदान गरिएको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै कार्यक्रममा हिमेश रत्न बर्जाचार्यसहित १० जनालाई खेलकुद पत्रकारिकता पुरस्कार प्राप्त गरेका छन् । हिमेशलाई सम्मानपत्रसहित नगद ५० हजार प्रदान गरेको छ ।

त्यसैगरी, कान्तिपुरकै सन्जु पौडेल र ढोरपाटन दैनिकका विजयी नेपालीलाई समावेशीतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । दुबैजनाले सम्मानपत्रसहित जनही नगद २५ हजार प्राप्त गरे । कार्यक्रममा मन्त्री गहतराजले खेलाडीहरुलाई उच्च मनोवलका साथ खेल क्षेत्रमा निरन्तर लागि राख्ने र आफ्ना सन्ततीलाई खेल क्षेत्रमा प्रवेश गराउनका लागि सरकारले उचित वातावरण बनाउने बताए । पुरस्कार बितरणका लागि पनि नयाँ कार्यबिधि बनाउने तयारी मासरकार लागेको उनको भनाई छ ।

प्रदेशगत पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदेश नं १ का नमिन ढकाल, प्रदेश नं २ का बसन्त खतिवडा, बागमती प्रदेशका कुशल तिमल्सिना, गण्डकी प्रदेशकी सोनिता अर्याल, लुम्बिनी प्रदेशका दिपक न्यौपाने, कर्णाली प्रदेशका रमेश कुमार पाण्डे र सुदुरपश्चिम प्रदेशका विनोद सिंह विष्टलाई प्रदान गरिएको छ । सातैजनाले सम्मानपत्र सहित जनही नगद २५ हजार प्राप्त गरेका छन् ।