मोरङ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका उम्मेद्वार भानुभक्त ढकालले यो चुनाव प्रगतिशील, देशभक्त र राष्ट्र निर्माण गर्न चाहने बामपंथी शक्ति र यथास्थितिवादी शक्तिका बिचको लडाइँ भयेको बताएका छन् । बामपन्थीलाई दिएको भोटले नै विकास र समृद्धिको स्थायी रुपमा नेतृत्व गर्ने भएकाले मत दिन जनता समक्ष उनको आग्रह छ ।


ADVERTISEMENT


निर्वाचनको सम्दर्भमा भईहेका बामपंथी उम्मेद्वारमाथिका आक्रमण र असुरक्षामा सरकारले शन्तिसुरक्षाको जिम्मा लिनुपर्ने उनका्े माग छ ।


ADVERTISEMENT

# # #


मोरङ निर्वाचन क्षेत्र नम्बर ३ को सुन्दरहरैचा नगरपालिकाको बिराटचोक, सलकपुर, खोर्साने लगायतका क्षेत्रमा बामगठबन्धनको घरदैलो कार्यक्रममा सयौं जनताहरूको उल्लासमय सहभागितामा रहेको बताईएको छ ।

ढकालले बिराटचोक स्थित कार्यलयबाट घरदैलो कार्यक्रमको सुरुवात गरेका हुन् ।

प्रदेस क का उम्मेद्वार राज कुमार ओझा, निवर्तमान साम्सद चन्द्र बहादुर गुरुङ, मधु गुरुङ, पूर्व साम्सद हर्कमान तमाङ, मोरङ जिल्ल कमिटी अध्यक्ष विनोद ढकाल, नेकपा माओवादी केन्द्रका नेता लगायत बाम नेता, कार्यकर्ता, बुद्धिजीवी, ब्यवसायीका साथै स्थानीय जनताको व्यापक उपस्थिति रहेको बताईएको छ ।