काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १० पुसमा बस्ने तयारी गरिएको छ । १४औँ महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिको पहिलो बैठक १० पुसमा बस्ने तयारी भएको हो ।


ADVERTISEMENT


‘१० पुसमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारी भएको छ,’ पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने । १४औँ महाधिवेशनमा विभिन्न कलस्टरका लागि भएको निर्वाचनको मतगणना बिहीबार सक्ने तयारी कांग्रेसको छ ।


ADVERTISEMENT

# # #


‘१४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम आज आउनेछ,’ मुख्यसचिव पौडेलले भने, ‘यसपछि १० पुसमा बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाउने तयारी भएको हो ।’