काठमाडौं – नेकपा माओवादी केन्द्रको  राष्ट्रिय सम्मेलनलाई महाधिवेशन भन्ने कि राष्ट्रिय सम्मेलन भन्ने पत्रकारहरुलाई द्विविधा उत्पन्न भएको छ ।


ADVERTISEMENT


यसअघि माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन गर्दै आएकोमा महाधिवेशन शब्दले सम्बोधन गर्ने कि राष्ट्रिय सम्मेलन नै भनिदिने भन्ने कुरामा पत्रकारहरुलाई द्विविधा उत्पन्न भएको हो ।


ADVERTISEMENT

# # #


माओवादीले एक आधिकारिक धारणा सार्वजनिक गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भनेर निर्णय गरे पनि माओवादीको सम्मेलन असलमा महाधिवेशन भने होइन ।   माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलनलाई महाधिवेशन महाधिवेशनमा परिणत गर्ने भनेर निर्णय पनि गरिसकेको छ । तर पनि नेपाली कांग्रेसले भर्खरै सम्पन्न गरेको महाधिवेशन जस्तो यो पक्कै होइन ।  माओवादीले चुनावी मैदानमा उत्रिएर आफ्नो नेता छान्ने छैन ।

यता माओवादीले भने पुस ११ गतेदेखि १३ गतेसम्म हुने  राष्ट्रिय सम्मेलनलाई  महाधिवेशन नै भएको र यो महाधिवेशनमा परिणत हुने दाबी गरिरहेको छ । शनिबार साँझ बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन हुनु एक दिनअघि महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको हो । यसो हुँदाहुँदै पनि पत्रकारहरुलाई भने राष्ट्रिय सम्मेलन लेख्नेकि महाधिवेशन लेख्ने भन्ने कुरामा द्विविधा उत्पन्न  भइरहेको छ ।

राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले त्यसलाई महाधिवेशनमा परिणत गर्न लागिएको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । यसअघि हिजो दिउँसो ललितपुरमा सम्पादकहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि  राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने सोच बनाएको बताएका थिए ।

देशभरि नेतृत्व चयनको प्रक्रिया उत्साहजनक रुपमा सम्पन्न भएको आधारमा यसलाई महाधिवेशन भने पनि हुने निष्कर्षमा आफू पुगेको बताएका थिए ।