काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरेर पार्टीको आठौं महाधिवेशन उद्घाटन समारोहमा आएर शुभकामना दिन आग्रह गरेका छन् ।


ADVERTISEMENT


पार्टीका एक विश्वस्त नेताका अनुसार प्रचण्डले ओलीलाई टेलिफोन गरेर निम्तो दिए पनि ओलीले भने निम्तो अस्वीकार गरेका छन् ।


ADVERTISEMENT

# # #


पार्टीका विभिन्न कार्यक्रमको सिलसिलामा गृहजिल्ला झापा पुगेका ओलीले आफू आउन नसक्ने जवाफ प्रचण्डलाई दिएको बताइएको  छ ।माओवादीले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गर्दा ओली झापा पुगिसकेका थिए ।