सोलुखुम्बु– मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब ६० लाख रुपैँया सहयोग गरेको छ ।


ADVERTISEMENT


सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गरेका हुन् ।अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले अनुसार समाजले समितिलाई आइतबारमात्र १४ लाख ८३ हजार ६४१ रुपैँया हस्तान्तरण गरेको थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । थुलुङ दूधकोशी गाउँपालिका अध्यक्षसमेत रहनुभएका अस्पताल सञ्चालन समितिका अध्यक्ष असिम राईले सबैको सहयोगबाट अस्पताल भवन निर्माण ९५ प्रतिशत पूरा भएको र आगामी फागुनको पहिलो हप्ताभित्र सञ्चालनकोे तयारी भएको जानकारी दिए ।

स्थानीयवासीलाई सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने बाध्यता रही आएको छ । अस्पताल निर्माण सम्पन्न गर्न करिब ३० करोड रुपैँया खर्च हुने अनुमान गरिएको छ । गाउँपालिका केन्द्र मुक्लीमा रहेको सो अस्पताल निर्माणार्थ महायज्ञ समेत लगाइएको थियो । रासस