काठमाडौं – स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा गोरख राणा नियुक्त भएका छन् । बैँकले १ जनवरी २०२२ देखि लागू हुने गरी राणालाई (डेपुटी सीईओ)मा नियुक्त गरेको घोषणा गरेको हो ।


ADVERTISEMENT


राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ। धेरै उद्योग र नियामक फोरमहरूमा स्ट्याण्डर्ड चार्टर्डको प्रतिनिधित्व गर्दै आएका छन् ।


ADVERTISEMENT

# # #


उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा स्ट्याण्डर्डमा सामेल भएका थिए । सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरे । जहाँ उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादि सम्मका विभिन्न पदमा काम गरेका थिए ।

पछिल्लो समय ग्लोबल बैंकिङको प्रमुखको रूपमा समेत काम गरेका थिए ।