काठमाण्डौं-बालाचतुर्दशीका अवसरमा पञ्चासेमा सत्बीज छर्न गएका यात्री फर्किंदै गरेको ध १ ख ८७ नम्बरको बस कुश्मा नगरपालिका १४ आर्थर डाँडाखर्कस्थित भञ्ज्याङको भीरबाट खसेको हो ।


ADVERTISEMENT


पर्वतको आर्थरमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् । क्षमता भन्दा बढी यात्रु बोकेर कच्ची सडकमा गुडेको बस पर्वतको आर्थरमा दुर्घटना हुँदा पोखरा माटेपानीका ३० वर्षीय दिपक गुरुङको घटनास्थलमै मृत्यु भएको हो । घाइते मध्ये ८ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


क्षमता भन्दी बढी बोकेकाले अनियन्त्रित भई दुर्घटना भएको कास्कीका प्रहरी नायव निरीक्षक भरत पौडेलले बताए । ‘३०–३५ जना यात्रीलाई उपचारका लागि पोखरा पठाई सकेका छौं ,’ प्रहरी नायव निरीक्षक पौडेलले भने, ‘घाइतेको संख्या भने यकिन छैन ।

घाइतेको उद्धारमा खटिएका स्थानीय युवा मनोज गुरुङका अनुसार कच्ची र साँघुरो सडकमा छत भरी अटाइनअटाई यात्रु कोचेका थिए । ओरालोमा नियन्त्रण बाहिर गएपछि दुर्घटना भएको हो । २६ सिट क्षमताको बसमा ६० भन्दा बढी यात्री रहेको गुरुङले बताए । बस चालक सुमन नेपाली फरार छन् ।