काठमाण्डौं-बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउने भएका छन् ।फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग स् द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा उनी सहभागि हुने ओडीसीका प्रवन्ध निर्देशक तथा पर्यटन व्यवसायि सिमान्त गुरूङले जानकारी दिए । ओडीसी इभेन्ट आयोजना गर्ने नेपाली कम्पनी हो ।


ADVERTISEMENT


यसले सलमानसहितका कलाकारलाई दिनुपर्ने पारश्रमिक भुक्तानीका लागि विहीबार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग अनुमती माग्दै निवेदन दिएको छ । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।


ADVERTISEMENT

# # #


‘राष्ट्र बैंक मार्फत भारतीय मुद्रा भुक्तानी गर्नुपर्ने भएकाले मन्त्रालयसँग अनुमती मागेको छ,’ पर्यटन सचिव महेश्वर न्यौपानेले शुक्रबार भने ।

सीमान्तका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् । सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, शुरक्षा लगायतका विषयबारे बुझ्न केही सातापछि आउने उनले बताए । कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ । कन्सर्टको लागत र कलाकारहरूको पारिश्रमिकबारे चाहिँ दुईपक्षिय सम्झौता अनुसार खुलाउन नमिल्ने उनले बताए ।