काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सन् २०२१ लाई नेपालीहरुले संविधानको अपव्याख्या गरिएको वर्षका रुपमा सम्झनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


उनले सन् २०२१  मा केही शक्तिहरूले मुलुकको दूरगामी यात्रालाई अनुचित र अनपेक्षितरूपमा अल्मल्याउने काम गरेको आरोपसमेत लगाएका छन् ।


ADVERTISEMENT

# # #


अंग्रेजी नयाँ वर्ष २०२२ सुरु भएपछि शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले मुलुकलाई अस्थिरताको दुष्चक्रबाट बाहिर निकालेर विकासको असाधारण अभियानतर्फ अगाडि बढाइरहेको एमाले सरकारलाई संविधानको अपव्याख्याद्वारा हटाउदै संवैधानिक विचलन, अराजकता र सत्ताको अनुचित भागवण्डाको विकृतिपूर्ण अवस्थामा धकेल्ने काम भएको बताएका हुन् ।

यसैवर्ष जनमतद्वारा राष्ट्रिय राजनीतिक दिशा निर्धारण गर्ने प्रयासलाई अवरोध गर्दै एमालेलाई जालझेलपूर्ण तवरले सरकारबाट हटाइएपछि राष्ट्रका गौरवपूर्ण उपलब्धिलाई समस्याकारूपमा देख्ने र राष्ट्रको स्वाधीनता तथा सार्वभौमसत्ताप्रति उदासीन रहने अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्ति देखिएकोसमेत उनको तर्क छ ।