काठमाडौं  – नेकपा माओवादी केन्द्रले पार्टीको विधान पारित गरेको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा जारी माओवादी केन्द्रको ८औं महाधिवेशनको बन्दसत्रले संशोधनसहित विधान पारित गरेको माओवादी नेता मोहन कार्कीले जानकारी दिए ।


ADVERTISEMENT


उनकाअनुसार केन्द्रीय सदस्य २९९ सदस्यीय हुने भएको छ । पदाधिकारी बहुपदीय हुने भनिए पनि संख्या भने यकिन गरिएको छैन । पदाधिकारी संख्या केन्द्रीय समितिले तय गर्ने उनले बताए ।


ADVERTISEMENT

# # #


विधानअनुसार केन्द्रीय समितिमा ५० प्रतिशत खुला र ५० प्रतिशत समावेशी रहने व्यवस्था गरिएको उनले बताए । त्यसमध्ये १५ प्रतिशत अध्यक्षले मनोनित गर्नेछन् । यसअघि १० प्रतिशतमात्रै मनोनित हुने व्यवस्था थियो । विधान पारित भएलगत्तै स्थायी कमिटी बैठक बसिरहेको छ ।