काठममाडौं – जागरुक युवा अभियान नेपालको आयोजनामा नवौँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन् । कोरोना जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७१ देखि दिवस मनाउन थालिएको हो ।


ADVERTISEMENT


दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ । नौ वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ ।


ADVERTISEMENT

# # #


नेपाली युवाले बिर्संदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ । औपचारिकरूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवा जागरुक भएर यो अभियान सुरु गरेका हुन् । उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ । रासस