पाल्पा – आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए ।


ADVERTISEMENT


दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ । बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए ।


ADVERTISEMENT

# # #


बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन् । उद्वारकार्य अहिले पनि जारी छ । शवसहित मलामी बोकेर बस रिडी तर्फ जाँदै गरेको थियो । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।