काठमाडौं – ग्यास हिटर स्वास्थ्यका लागि हानिकारक छ । एक अध्ययनका अनुसार ग्यास हिटर वा एलपिजी हिटर बढी प्रयोग हुने घरका बालबालिकामा दमको समस्या बढी पाइन्छ ।


ADVERTISEMENT


यसबाहेक खोकी, हाच्छ्युँ, छातीमा घरघराहट हुने र फोक्सोमा क्षति पुग्ने लक्षण पनि बढी देखिन्छन् । यी हिटरहरूबाट उत्सर्जित कार्बन मोनोअक्साइड विशेष गरी साना बालबालिका र वृद्धवृद्धाहरूको लागि हानिकारक छ ।


ADVERTISEMENT

# # #


विज्ञहरूका अनुसार हिटरलाई शिरक वा बल्यान्केटमा कहिल्यै राख्नु हुँदैन अन्यथा आगो लाग्न सक्छ ।