काठमाडौं – नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्दैछ । पार्टी प्रचारप्रसार उपसमितिका अनुसार बैठक अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज प्लाजामा बस्न लागेको हो ।


ADVERTISEMENT


बैठकले पदाधिकारी चयन गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आइतबार अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बन्दसत्रमा पेस गरेका २३७ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका छन् ।


ADVERTISEMENT

# # #


आजको केन्द्रीय कमिटी बैठकले अध्यक्षसहित १५ जना पदाधिकारीको टुंगो लगाउनेछ । बैठक पार्टी विधानअनुसार ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्ने बताइएको छ ।