काठमाडौँ – डा. अनन्त अधिकारी मानसिक अस्पताल पाटनको निर्देशकमा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको आइतबारको मन्त्रिस्तरीय निर्णयले उनलाई निर्देशकको जिम्मेवारी दिएको हो ।


ADVERTISEMENT


निर्देशक डा. मोहनराज श्रेष्ठको तीन साता अघि अनिवार्य अवकाश भएपछि रिक्त रहेको पदमा अधिकारीलाई नियुक्त गरिएको हो । डा. अधिकारी प्रमुख कन्सलट्यान्ट साइक्याटिक्स (एघारौं तह) का चिकित्सक हुन् ।


ADVERTISEMENT

# # #


निर्देशकमा नियुक्त भएपछि डा. अधिकारीले अस्पतालको भौतिक संरचना सुधारमा लाग्ने बताए । उनले ५० बेडमा सञ्चालन भइरहको मानसिक अस्पताल पाटनलाई १ सय बेडको बनाउनका लागि काम थाल्ने जानकारी दिए ।