काठमाडौं – देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


पश्चिमी वायुको सामान्य प्रभावका कारण अहिले बदली भएको मौसमविदले बताएका छन् । अहिले देशभर मौसम सामान्यतया सफा रहेको छ। तराईका धेरैजसो भू–भागमा हुस्सु–कुहिरो लागेको छ।


ADVERTISEMENT

# # #


मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुनेछ । यस्तै राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ।

यसैबीच सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेकाले यसबाट पर्न सक्ने प्रभावबाट बच्न, सुरक्षित र सतर्क रहन मौसमविदले आग्रह गरेका छन् ।

बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु–कुहिरो समेत लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदको सुझाव छ ।