काठमाडौं – तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् । यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो ।


ADVERTISEMENT


शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै गाउँपालिकाहरूले पनि पालिकाका सम्पूर्ण संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन् । विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ ।


ADVERTISEMENT

# # #


ज्येष्ठ नागरिकलाई न्यानो कपडा

तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ । महानगरपालिकाको जनकल्याणकारी योजनाअन्र्तगत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।

प्रमुख सरावगीका अनुसार प्रतिज्येष्ठ नागरिक एक थान कम्बल, झुल, छाता, टर्चलगायत सामग्रीको प्याकेज बनाएर वितरण गरिँदै आएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई वितरण गर्ने लक्ष्य रहेको छ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्र्तगत वीरगञ्ज महानगरपालिकाबाट भत्ता सुविधा लिँदै आएका कूल छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरण गरिने महानगरपालिकाले जनाएको छ । रासस