काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले देशको पछिल्लो आर्थिक अवस्थाबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दैछन् । यसका लागि दिउँसो ३ बजे सिंहदरबारस्थित कार्यालयमा उनले मन्त्री र सचिवलाई बोलाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री सचिवालयले दिएको जानकारीअनुसार गठबन्धन सरकारका कामको समीक्षासँगै प्रधानमन्त्रीले अर्थतन्त्र, पुँजीगत खर्चको अवस्थालगायत विषयमा मन्त्री र सचिवहरूबाट ब्रिफिङ लिनेछन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री देउवाले मन्त्री र सचिवसँग छलफल गर्नुअघि मन्त्रिपरिषद्को बैठक बस्ने पनि जनाइएको छ । आजको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री देउवाको भारत भ्रमणको स्वीकृत गर्ने बताइएको छ ।