वीरगञ्ज – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वीरगञ्ज महानगरपालिकाका चार विद्यालयमा अनुगमन गरेका छन् ।


ADVERTISEMENT


शुक्रबार वीरगञ्जका मदरसा तौहिदूल ईस्लाम सलफिया माध्यमिक विद्यालय, त्रि–जुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालय, श्री नृसिंह माध्यमिक विद्यालय पिपरामठ र कुल्सुम लिल्बनात गल्र्स कलेजमा अनुगमन गरेका हुन् ।


ADVERTISEMENT

# # #


अनुगमनका क्रममा विद्यालयका प्रध्यानाध्याकपहरुले भौतिक संरचना, एवम् शिक्षक दरबन्दीलागयतका विषयमा मन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए । मन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम र पढदै कमाउँदै कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने काम भएको बताउँदै विद्यालयलाई सहयोग गर्ने बताए ।

देशभरका गुणस्तरीय पढाई भएका र सुधानुपर्ने विद्यालयको सूची तयार हुँदै गरेको बताउँदै समस्या भए लिखित रुपमा दिन मन्त्री पौडेलले आग्रह गरे। सोही क्रममा वीरगञ्ज महानगरपालिका विजय कुमार सरावगी, नेकपा माओवादी केन्द्र वीरगञ्जका इन्चार्ज रहबर अन्सारीलगायतको उपस्थिति रहेको थियो ।