-सुवास शून्य


ADVERTISEMENT


जीवनमा केही त गर्नै पर्छ
आखिरमा जसरी नी मर्नै पर्छ


ADVERTISEMENT

# # #


पानी हुँदा रोप्ने हो धान,
नत्र तोरी भएनी छर्नै पर्छ

बीचमा अल्झिने कुरै हुदैन
की जित्नु पर्छ, की हार्नै पर्छ

काम कम, गफ धेरै हुने बेला
गफमै केही तारा झार्नै पर्छ

सुख मात्र कहाँ पाइन्छ र सँधै
दुख पनि हाँस्दै स्वीकार्नै पर्छ