काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्तावलाई अघि सारेको छ ।


ADVERTISEMENT


आज दुई बजेदेखि बस्न लागिएको सीडीओ तथा मन्त्रिपरिषद्‌को बैठकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम न्युनिकरणका लागि स्वास्थ्य मन्त्रालयले माघको दोस्रो हप्तासम्म शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव पेश गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


यसका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा समेत बसेका छन् । पछिल्लो समय विश्वव्यापी रुपमा पुनः कोरोना संक्रमणको दर बढ्दै गएको छ । नेपालमा पनि यसको जोखिम उच्च रहेको भन्दै विज्ञहरु माघ दास्रो हप्तादेखि नेपालमा अर्काे लहरआउन सक्ने आकलन समेत गरिसकेका छन् । सोहि जोखिमलाई मध्यनजर गर्दै माद्दको दोस्रो हप्तासम्म शैक्षिक संस्थाहरु बन्द गर्ने प्रस्ताव अघि सारेको हो ।

यस्तै, नेपाली कांग्रेसका नेता एवम् नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरलेपनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने माग राखेका छन् ।