काठमाडौं – नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् ।


ADVERTISEMENT


सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । महतोले मंगलबार नै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ किर्तिमान कायम गरेका थिए ।


ADVERTISEMENT

# # #


लगतै महातोको किर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् । भक्तपुरको ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेश्रो स्थानमा रहे । पहिलो स्थानमा सेनाका तुलाारामनै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गरे । यस्तै दोश्रो स्थानमा गणेश रहे । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरी समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गरे ।

नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्सवर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।

यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन् ।

महिला तर्फ युथ ४५ केजी तर्फ बर्दियाकी अरुणिमा थारुले स्वर्ण र सप्तरीकी अम्बिका यादबले रजत प्राप्त गरे । जुनियर तर्फ ४५ केजीमा एक मात्र खेलाडी सप्तरीकी ज्योती मण्डलले स्नाचमा ३५ केजी, क्लिनमा ४० केजी गरी कुलमा ७५ केजी भार बहन गर्दै स्वर्ण प्राप्त गरिन् । महिला ४५ केजी सिनियर तर्फ नेपाली सेनाकी मनिषा रानाभाटले स्वर्ण जितिन् ।

महिला ४९ केजी तर्फ प्रहरीका संगिता राईले स्वर्ण र तिला राईले रजत पाईन् । संगिताले स्नाचमा ५५ केजी र क्लिनमा ७३ केजी गरी कुल १२८ केजी भार बहन गरेकी थिईन् । तिलाले स्नाचमा ४३ केजी, क्लिनमा ५२ केजी गरी कुल ९५ केजी भार बहन गरिन् ।