काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनैपनि विभेद नगरेको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


बुधबार पार्टी कार्यालय धुम्वाराहीमा मनोनीत केन्द्रीय सदस्यहरुको सपथ गराउँदै अध्यक्ष लिङ्देनले आवश्यकताका अनुसार आफूले पार्टीका नेताहरुलाई केन्द्रीय समितिमा ल्याएको बताएका हुन् । मनोयनका विषयमा केही भ्रम आएको भन्दै उनले आफुले विधान अनुरुप समावेशीतालाई पूर्णता दिने बताए । उनले असन्तुष्ट पक्षलाई समेत समावेश गरेर पार्टीलाई विवादरहित बनाउने जिकिर गरे ।


ADVERTISEMENT

# # #


त्यस्तै लिङ्देनले राजसंस्था, हिन्दुराष्ट्रको मुद्धा संगसंगै मुलुकको अन्य मुद्धालाई स्थापित गर्न सदन र सडकमार्फत संघर्ष गर्ने बताए ।

उनले जनतालाई विश्वास लिएर राजसंस्था, हिन्दुराष्ट्रको मुद्धालाई अघि बढाइने जिकिर गरे ।