काठमाडौँ– नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एयरलाइन्सले ‘खल्ती’ सँगको सहकार्यमा ४५० रुपैँयाको क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ ।


ADVERTISEMENT


फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको हो ।


ADVERTISEMENT

# # #


यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० रुपैँया घट्नेछ भने बाँकी रहेको ३ सय रुपैँया ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ सँगको सहकार्यबारे बोल्दै यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले यसरी आफ्ना यात्रुका लागि प्रत्यक्ष सुविधा हुने अफर ल्याउन पाएकोमा खुशी व्यक्त गरे ।

आगामाी दिनमा पनि यस्तै अन्य आफर ल्याउने बताउँदै पूवक्ता बर्ताैलाले भने, ‘यात्रुलाई थप सुविधा दिनका लागि एकपछि अर्को अफरहरु ल्याइनै रहेका छौं, यसकै निरन्तरता स्वरुप यो अफर पनि ल्याएका हौं ।’

११ जनवरीदेखि १६ फेब्रुअरीसम्मका लागि मात्रै निर्धारित यस अफरका लागि व्यक्तिले फ्लोअप गर्नुपर्ने प्रक्रियाहरु :

-यती एअरलाइन्सको एप (https://hp3t7.app.link/kdFfFiKmGib) डाउनलोड गरी रजिष्ट्रर वा https://www.yetiairlines.com/ मा जाने

-आफ्नो गन्तव्य, मिति, यात्रुको संख्या र उमेर समूह (Adult/Child)  छनौट गरी फ्लाइट ‘Search’ गर्ने ।

-आफूलाई उपयुक्त हुने समयको फ्लाइट छनोट गरेर ‘Next’ मा ट्याप गर्ने ।

-आफ्नो सम्पूर्ण विवरण भर्ने र ‘Continue’ मा ट्याप रीविवरण पुनः जाँच गरी यदि ठीक छ भने ‘Proceed’ मा प्रेस गर्ने

-रकम भुक्तानीका लागी ‘Khalti’ छनौट गरी भुक्तानी गर्ने

यसपश्चात् भने  टिकट बुक हुने बित्तिकै प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउने एयरलाईन्सले जनाएको छ ।