काठमाडौं – शुक्रबार पनि देशभरको मौसममा बदली आउने भएको छ ।


ADVERTISEMENT


पश्चिमी वायुको प्रभाव यथावत् रहेकाले केही दिन वर्षा, हिमपात यथावत् रहने मोसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबार बिहान देशभरका पहाडी भूभागमा बदली भएको छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा भने हुस्सु र कुहिरो छ ।


ADVERTISEMENT

# # #


दिउँसो प्रदेश १ का पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना औंल्याइएको छ । महाशाखाका अनुसार, शनिबार तीन प्रदेश वाग्मती, गण्डकी र प्रदेश १ का केही भागमा हल्का वर्षा हुने खतरा छ ।