काठमाडौँ – हिमालयन बैंक लिमिटेडको २९सौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित नेपाल कानून अनुसार शुक्रबार स्वस्थ्य सम्बन्धी मापदण्ड र निर्देशनको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८ वार्षिक प्रतिवेदन सहित सोहि आ. व. को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको २१.३८ प्रतिशत बोनस शेयर र ४.६२% नगद लाभांश गरी कुल २६ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय पारित गरेको छ ।


ADVERTISEMENT

# # #


यसका साथै हिमालयन बैँक र नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडबीचको मर्जर सम्बन्धी विशेष प्रस्ताव भने साधारण सभाले अस्वीकृत गरेको छ । प्रचलित कम्पनी ऐनको दफा ७४ को उपदफा ३ बमोजिम विशेष प्रस्तावको हकमा सभामा उपस्थित शेयरधनीहरु मध्ये ७५प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीले प्रस्तावको पक्षमा मत दिएमा मात्र प्रस्ताव सभाद्वारा स्वीकृत भएको मानिने व्यवस्था रहेको छ ।

तर, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडसँगको मर्जरको प्रस्तावको पक्षमा आवश्यक ७५ प्रतिशत मत नपुगेको कारण अस्वीकृत भएको बैँकले जनाएको छ । उक्त विशेष प्रस्ताव अन्तर्गत मर्जरको पक्षमा ४३.६३%, विपक्षमा ४२.२९% र मत नहाल्नेमा १४.०९५ रहेका थिए ।

हाल, बैंकले देशभर ७४ शाखा, ५ विस्तारित काउन्टर, १४८ एटीएम र ५००० भन्दा बढी पीओएस टर्मिनल संख्याबाट सेवा प्रदान गर्दै आएकोे छ । समीक्षा अवधिमा निक्षेप अघिल्लो वर्षको तुलनामा १३.२९ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ४९ अर्ब ३८ करोड १७ लाख पुगेको छ भने कर्जा सापट २३.८३ प्रतिशतले बढ्न गई रु. १ खर्ब ३२ अर्ब ८५ करोड ८४ लाख पुगेको छ ।