काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा बिभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसंगको छलफलका क्रममा उहाले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने बताएका हुन् । चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने क्रम नरोकिएको भन्दै बिद्यार्थीहरुले शिक्षा मन्त्रीसंग छलफल गरेका थिए ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउन गृह मनत्रालयसंग छलफल भइसकेको र कारवाही गरेरै छाड्ने जानकारी दिए ।

त्यस्तै नेविसंघका अध्यक्ष राजीव ढुंगानाले आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थामाथि कारबाही अघि बढाउने प्रतिवद्धता मन्त्रीले गर्नुभएको जानकारी दिए ।