काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको ६ महिना २ अर्ब १८ करोड १४ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले गत आवको पुस मसान्तभन्दा १७ करोड रूपैयाँ बढी नाफा गरेको छ ।


ADVERTISEMENT


बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासम्मको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४५ करोड रूपैयाँ छ । जुन अघिल्लो आवको भन्दा ३९ करोड कम हो ।


ADVERTISEMENT

# # #


बैंकको ईपीएस पनि घटेको छ । गत पुस मसान्तसम्म २९।९९ रूपैयाँ रहेको प्रतिसेयर आम्दानी २३।५९ कायम भएको छ । यस्तै पीई रेसियो ४७।०६ रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेय नेटवर्थ १८४।२८ रूपैयाँ छ ।

बैंकले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब २१ करोड पुर्‍याएको छ । बैंकको कस्ट अफ फन्ड, खराब कर्जा र बेस रेट बढेका छन् भने ब्याजदर स्प्रेड ३।४४ प्रतिशतमा खुम्चिएको छ ।