एजेन्सी – ९४ औं एकेडेमी (ओस्कार) अवार्डमा विभिन्न विधामा प्रतिस्पर्धा गर्ने २ सय ७६ वटा फिल्मको नाम सार्वजनिक गरिएको छ । यस सूचीमा मनिषा कोइराला अभिनित फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस’ पनि समावेश छ।


ADVERTISEMENT


कोइरालाले आफ्नो इन्स्टाग्राममार्फत यसको जानकारी दिएकी हुन् । २०२१ मा रिलिज भएको यस अमेरिकी कमेडी ड्रामाको निर्देशन र लेखक गीता मलिकले गरेकी हुन् । यो फिल्म १९ नोभेम्बर २०२१ मा अमेरिकामा रिलिज भएको थियो । फिल्ममा सोफिया अली, मनिषा कोइराला, ऋष शाह र आदिल हुसैनले काम गरेका थिए।


ADVERTISEMENT

# # #


ओस्कार अवार्डको घोषणा २७ मार्चमा हुनेछ। त्यसअघि २७ जनवरीदेखि १ फेब्रुअरीसम्म मनोनयनका लागि भोटिङ गर्न सकिनेछ। ८ फेब्रुअरीमा ओस्कारमा मनोनयन हुने फिल्महरूको अन्तिम सूची सार्वजनिक हुनेछ।