काठमाडौँ– चिकित्सा क्षेत्रअन्तर्गतको सञ्चालित परीक्षा दिन गएका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा जितेन्द्र कुमार मिश्र नाम गरेका ३० वर्षीय भारतीय नागरिक रहेका छन् । उनी एल.आर.आई. स्कुल, कलंकीबाट पक्राउ परेका हुन् ।


ADVERTISEMENT

# # #


मिश्रसंगै बिचौलियाको रुपमा उनलाई सहयोग गर्ने अर्का भारतीय शशि भूषण सिंह पनि पक्राउ परेका छन् । प्रहरीले ३४ वर्षीय सिंहलाई मिश्रसंगै नियन्त्रण लिएको थियो ।

यस्तै, परीक्षामा अमर्यादित कार्य गर्ने कृष्ण मुरारी पनि प्रहरी कारवाहिमा परेका छन् । उनीमाथि परीक्षामा अमर्यादित कार्य गरेको अभियोग छ । भारतीय मुलका ३२ वर्षीय मुरारी नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानोभर्‍याङबाट समातिएका हुन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौँको परीक्षणका क्रममा पक्राउ तीनै जनाविरुद्व शिक्षा ऐन, २०२८ बमोजिमको कसूरमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ । हाल चिकित्सा शिक्षा आयोगद्वारा स्नाकोत्तर (एमडी/एमएस) को परीक्षा सञ्चालन भइरहेको छ ।