– ढुण्डिराज लामिछाने : निर्देशक, केन्द्रीय तथ्याङ्क विभाग


ADVERTISEMENT


राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज हामीले प्रकाशित गरेका छौँ । २०७८ कार्तिक २५ देखि मंसिर ९ गतेसम्म मूल जनगणना राष्ट्रिय जनगणना हामीले सम्पन्न गर्यो । त्यो जनगणनामा हाम्रा गणकहरुले गरेको कामका आधारमा, उनीहरुले जुन काम गरे, त्यसको एउटा कन्ट्रोल फर्म भर्नुपर्थ्यो, कभर पेजका विवरणहरु सारेर । त्यसको आधारमा हामीले नतिजा तयार गरेका हौँ ।


ADVERTISEMENT

# # #


अहिले हामीले स्थानीय तहसम्मको नतिजा सार्वजनिक गरेका छौँ । मूल जनगणनामा जनसंख्या नै महत्वपूर्ण हुन्छ । हामीले २ करोड ९१ लाख ९२ हजार ४८० नेपालको जनसंख्या पुग्यो भनेर हामीले भन्यो । त्यो जनसंख्या वि.सं. २०६८ सालको आधारमा हेर्ने हो भने करिब १० प्रतिशतले वृद्धि भएको देखिएको छ । तर, हामीले अनुमान गरेको भन्दा यो संख्या कम हो ।

हामीले जनसंख्या करिब ३ करोड हुन्छ भन्ने हाम्रो अनुमान थियो । त्यो भन्दा कम छ । यसका पछाडि केही कारणहरु छन् । अहिले १० वर्षको अन्तरालमा, यसअघि गरिएका जनगणनाहरुको तुलनामा यसपटक प्रजनन दरको अनुमान, जन्मदरको अनुमान फरक भयो । १ जना महिलाले ३ जना बालबालिका जन्माउने भन्ने विगतको अनुमान र तथ्याङ्क थियो, अहिले त्यो १ जना महिलाले २ जना बच्च मात्रै जन्माउने भन्ने देखिएको छ । भर्खरै केन्द्रीय तथ्याङ्क विभागले गरेको बहुसूचक सर्वेक्षणले देखाएको अंक हो । त्यसको आधार भनेको जन्मदर घटेका कारण जनसंख्या घटेको हो ।

यसका धेरै अन्य कारणहरु पनि छ । जन्म, मृत्यु र बसाईसराई हेर्नुपर्ने हुन्छ । बसाईसराईको दृष्टिकोणले पनि अन्तर्राष्ट्रिय बसाईसराई बढ्दो क्रममा छ । त्यो भनेको विगतमा करिब १९ लाख जनसंख्या विदेशमा जाने जनसंख्या थियो भने अहिले त्यो २१ लाख नाघेको छ । यसरी जनसंख्यामा परिवतर्न आउने देखिन्छ ।

पुरुषको जनसंख्या १४ लाखले बढेको देखिन्छ भने महिलाको जनसंख्या १२ लाखले मात्रै वृद्धि भएको छ । अनुपातमा हेर्दा विगतमा १०० जना महिलाबराबर ९४ जना पुरुष हुन्थे भने अहिले ९६ जना पुरुष देखिएको छ । यसरी हेर्दा लैङ्गिक अनुपातमा पनि परिवर्तन आएको छ ।

जनसंख्या वृद्धिदरमा पनि अहिले निकै परिवर्तन आएको छ । वि.सं. २०६८ सालको जनगणनामा हेर्ने हो भने वार्षिक वृद्धिदर १.३५ थियो । अहिले त्यो १ भन्दा पनि तल छ अर्थात ०.९३ छ । यो निकै कम हो । अर्को महत्वपूर्ण कुरा भनेको महिला र पुरुषको अनुपात अहिलेको जनगणनाबाट परिवर्तन भएको छ । विगतमा पुरुषको भन्दा महिलाको जनसंख्या बढ्ने क्रममा देखिएको थियो । अहिले पुरुषको संख्या महिलाको भन्दा करिब २ लाखले बढेको देखिन्छ । पुरुषको जनसंख्या १४ लाखले बढेको देखिन्छ भने महिलाको जनसंख्या १२ लाखले मात्रै वृद्धि भएको छ । अनुपातमा हेर्दा विगतमा १०० जना महिलाबराबर ९४ जना पुरुष हुन्थे भने अहिले ९६ जना पुरुष देखिएको छ । यसरी हेर्दा लैङ्गिक अनुपातमा पनि परिवर्तन आएको छ ।

यो परिवर्तन आउनुको कारण एउटा यो महामारी पनि हो कि भन्ने हाम्रो अनुमान छ । किनभने कोभिड लागिसकेपछि हाम्रो जनगणना भयो । यसले गर्दा विदेशबाट नेपाल फर्किने मान्छेहरुको संख्या उल्लेख्य रह्यो । पुरुष जनसंख्या धेरै बाहिर गएको र अहिले फर्किने पुरुष नै भएको कारणले गर्दा पनि हुन सक्छ । अर्को भनेको हाम्रो सामाजिक संरचनामा पनि केही परिवर्तन भएको होला । त्यसबारे थप अध्ययन गर्नुपर्ने हुनसक्छ ।

जनगणना धेरै ठूलो कार्य पनि हो । एकदमै सुगम ठाउँदेखि एकदमै दुर्गम ठाउँको पनि जनगणना गर्नुपर्छ । सबैभन्दा दुर्गम ठाउँ हामीले दार्चुलाको छाङ्रु र टिंकरमा पनि हामीले जनगणना गर्यौं । त्यहाँ सामान्य बाटो नभएको ठाउँमा बाटो बनाउँदै पनि जनगणना गर्नुपर्ने अवस्था आयो । निकै कठिन परिस्थितिमा यो पटक त्यस्तो कुनै ठाउँ छैन कि हाम्रा गणक नपुगेको होस् ।

चुच्चे नक्सामा थपिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा हामीले भौतिक रुपमा जनगणना गर्न सकेनौँ । हामीलाई केही बाधा भयो । तर, अप्रत्यक्ष विधिमार्फत त्यहाँको जनसंख्या हामीले आँकलन गरेका छौँ । त्यो जनसंख्या अहिलेको जनगणनामा समावेश भएको छ ।

विगतमा केही कमी कमजोरी थियो भन्ने आउँछ । नपुग्ने ठाउँमा वा धेरै कठिन ठाउँमा त्यहीको बासिन्दाले हामीलाई वेशीँबाटै गणना गरिदिनुहोस् भन्नुहुन्थ्यो । तर, यस पटक हाम्रा गणकहरु सम्बन्धित ठाउँमा पुगेरै गणना गर्नु भएको छ । सबै क्षेत्रको जनगणना समेटिएको छ ।

पछिल्लो समय नेपालको भौगोलिक नक्सा परिवर्तन भएको छ । चुच्चे नक्सामा थपिएको कालापानी, लिपुलेक र लिम्पियाधुरामा हामीले भौतिक रुपमा जनगणना गर्न सकेनौँ । हामीलाई केही बाधा भयो । विवादित भूमि भनेर बुझ्नुपर्छ । तर, अप्रत्यक्ष विधिमार्फत त्यहाँको जनसंख्या हामीले आँकलन गरेका छौँ । त्यो जनसंख्या अहिलेको जनगणनामा समावेश भएको छ ।

(निर्देशक लामिछानेसँग गरिएको कुराकानीमा आधारित)