काठमाडौँ – भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासको रक्षा प्रभागले भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि धरानमा ‘मोबिलिटी एड डिस्ट्रब्यूसन क्याम्प’ आयोजना गरेको छ ।


ADVERTISEMENT


‘आजादीका अमृत महोत्सव’ अन्तर्गतको कार्यक्रमको रुपमा दूतावासले धरानस्थित पेन्सन वितरण कार्यालयको तत्वावधानमा उक्त क्याम्प आयोजना गरेको हो । यो शिविर भारतीय सेनाका भूपू सैनिकहरुको कल्याण हेतु रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्येकै एकरहेको दूतावासले जनाएको छ ।


ADVERTISEMENT

# # #


शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा उनीहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा बैसाखी प्रदान गरिएको थियो । उमेर सम्बन्धी अशक्तता/दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उनीहरुका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा र्यालीमार्फत पहिचान गरिएको थियो ।

उक्त अवसरमा धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउदै उनीहरुलाई समाजसँग जोड्न मद्दत गर्ने दूतावासले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

#
#


महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा वहाँहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विविध उपायहरु अपनाइरहेको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन र्याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया