पाकिस्तानको दक्षिण सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा कम्तीमा २० जना व्यक्तिको मृत्यु भएको छ । खैरपुरमा कोइला ढुवानी गर्न लगिएको ट्रकसँग यात्रुबाहक भ्यान ठोक्किँदा २० यात्रुको निधन भएको प्रहरी सहायक उपरीक्षक माझर इक्वालले पिटिआईलाई जानकारी दिएका छन् ।


ADVERTISEMENT


दुघर्टनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका तथा घाइतेलाई प्रहरीले उद्धार गरेको उनले बताए । खैरपुर जिल्ला अस्पतालका मेडिकल अधिकारी गुलाम सुम्रोले दशजनाको शव र पाँचजना घाइते अस्पतालमा ल्याएको बताए । घाइतेमध्ये दुईजनाको अवस्था निकै गम्भीर भएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको मुख्य दोषी चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रकचालकमाथि मुद्दा दायर गरेको छ । अत्यधिक भार बोकेको ट्रकले यात्रुबाहक भ्यानलाई उछिन्न खोजे पनि नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रहरीको बयान छ । यता, प्रत्यक्षदर्शीका अनुसार ट्रकले भ्यानलाई किचेको बताएका छन् । पाकिस्तानमा दुर्घटनामध्ये ९० प्रतिशत मानवीय त्रुटिका कारण हुने गरेको छ ।