काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री कमल थापा काठमाडौको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय अगाडि धर्नामा बसेका छन् ।


ADVERTISEMENT


राप्रपाले गरेको निर्वाचन आयोग घेराउका क्रममा झडप भएलगत्तै पार्टी अध्यक्ष एवम् उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापा जमल पुगेर धर्नामा बसेका हुन् । पार्टीको विधानमा रहेको संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र शब्दावलीलाई निर्वाचन आयोगले हटाएको विरोधमा राप्रपाले निर्वाचन आयोगमा धर्ना दिएको हो ।


ADVERTISEMENT

# # #


थापा जमल पुग्नुअघि भएको झडपका क्रममा राप्रपा वरिष्ठ नेता पशुपति शमशेर राणासहितका केहि कार्यकर्ता घाइते भएको राप्रपा सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।आयोगमा धर्नाको लागि जमलतर्फबाट राप्रपाका नेता कार्यकर्ताहरु अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । तर, राप्रपाका नेता कार्यकर्ताहरु जबरजस्ती अघि बढ्न खोजेपछि झडप बन्न पुगेको हो ।
सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार प्रहरी हस्तक्षेपबाट राणाको खुटमा चोट लागेको छ । निर्वाचन आयोगले गत शुक्रबार राप्रपाको विधानमा रहेको हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र शब्दावली हटाइदिएपछि राप्रपा आन्दोलित भएको हो ।