काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

शनिबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले नवनिर्वाचित सभापति थापालाई सपथ खुवाएका हुन् । सपथसंगै थापालाई बिजयीको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।


ADVERTISEMENT

# #


सपथ कार्यक्रममा नवनिर्वाचित सभापति थापाले महाधिवेशन अन्तर्गतको निर्वाचन आम निर्वाचनजस्तो नभई पार्टीभित्रकै आन्तरिक प्रतिस्पर्धा भएकाले यसलाई जित–हारको विषयभन्दा पनि जिम्मेवारीको रूपमा लिनुपर्ने उल्लेख गरे । उनले सभापति तथा अन्य पदाधिकारीहरूको जिम्मेवारी केवल पद प्राप्त गर्नु मात्र नभई नागरिकहरूको लोकतान्त्रिक अधिकार, आत्मसम्मान, र न्यायको रक्षा भएको उल्लेख गरे ।

पार्टीका संस्थापकहरूको मूल मर्म—लोकतन्त्र, मर्यादा, र सामाजिक न्याय—लाई सधैं शिरोधार्य गरिने उनले बताए । उनले पार्टीलाई सानो कोठाबाट निकालेर जनता, किसान, युवा, र मजदुरहरूसँग जोड्दै संस्थागत रूपमा परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे । कांग्रेसलाई समयसापेक्ष, वैचारिक रूपले सबल, र जनसरोकारका मुद्दामा खरो उत्रने पार्टी बनाइने उनले बताए ।


ADVERTISEMENT

#
#