काठमाडौं – करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको छ ।

आइतबार काठमार्डौंको न्यरोडस्थीत विशाल बजार परिसरबाट असोज महिनाको दोस्रो पाक्षिकको पुरस्कार घोषणा गरिएको हो । दोस्रो पाक्षिकको पुरस्कार अन्तर्गत १० लाखको पुरस्कार एसएस फेन्सी हाउसबाट तीन हजारको सामान खरिद गर्ने ग्राहक नुवाकोटकी सन्तमाया तामाङले जित्न सफल भएकी छिन् ।


ADVERTISEMENT

# #


पुरस्कार बिजेतालाई कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलाले फोन गरेर पुरस्कार जितेको जानकारी गराएको थियो । त्यस्तै १६ जनाले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । कार्यक्रममा अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागका अधिकारीहरुको उपस्थीति रहेको थियो ।

((


ADVERTISEMENT

#
#