काठमाण्डौं-१ सय ६० किलोमिटर लामो बिपी राजमार्गमा सवारी चलाउन २५ स्थान जोखियुक्त देखिएका छन् । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग र सडक विभागले राजमार्गमा गरेको संयुक्त अध्ययनले दुई दर्जनभन्दा बढी स्थानमा सडक तत्काल निर्माण सुरु गर्नुपर्नेदेखि नियमित नियमन गर्नुपर्नेसम्मको अवस्था भेटेको हो ।


ADVERTISEMENT


पछिल्लो ५ महिना (जेठ) देखि अध्ययन गरिरहेको सो टोलीले राजमार्गका विभिन्न खण्डमा सडकको सतह चर्केको, धस्सेको, ग्याबिन पर्खाल भत्किएको र चट्टान झरेकालगायत अवस्था फेला परेका बिपी राजमार्ग आयोजनाका निमित्त प्रमुख राकेश महर्जनले बताए । सडकका विभिन्न ठाउँ जोखियुक्त हुनुमा ०७२ वैशाख १२ र त्यसपछि निरन्तर गएका भूकम्पका कम्पनलाई कारक मानिएको छ ।


ADVERTISEMENT

# # #


अध्ययनलेदेखाएका अति जोखिमयुक्त ५ स्थानमा जापानले निर्माण गर्ने तयारी गरेको हो । नेपाल सरकारले जापानलाई नै निर्माण गर्न प्रस्ताव गरिसकेको र अहिले जापानी टोलीले ती स्थानको विस्तृत अध्ययन तथा नक्सांकन गर्ने काम गरिरहेको छ । सन् २०१८ को अप्रिलदेखि जापानी टोलीले निर्माणको काम अघि बढाउने सम्भावना रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

भत्किएका वा भत्किने सम्भावना रहेका ठाउँमा नयाँ निर्माण गर्ने लागत विवरण अध्ययनपछि मात्र सार्वजनिक गर्न सकिनेछ । अहिलेसम्मको अध्ययनले १ अर्बभन्दा बढी लागत लाग्ने सम्भावना रहेको आयोजनाका निमित्त प्रमुख महर्जनले बताए । त्यस्तै, नेपाल सरकारले निर्माण गर्ने २० ठाउँमध्ये १ ठाउँको निर्माण गरिसकेको छ ।

बाँकी १९ मध्ये केहीको अध्ययन अघि बढाइएको छ । अत्यावश्यक मर्मत तथा पुनर्निर्माण गर्नुपर्ने ठाउँलाई उच्च प्राथमिकतामा राखेर विस्तृत अध्ययन तथा नक्सांकनको काम गरिरहेको सडक विभागले जानकरी दिएको छ । सडक विभागले ९ फागुनमा सिन्धुलीको खुर्कोट–खाल्टे बीचमा पर्ने डा“डामा करिब ३० मिटर सडक भासिएर पहिरो गएको सडक पुनर्निर्माण गरिसकेको छ ।