काठमाडौं – नवरात्रको नवौं दिन काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
महाअष्टमीका दिन काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, तलेजु भवानी टोखा चण्डेश्वरीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा देवीको पूजार्चना गर्ने भक्तजन भीड घुइँचो लागेको छ । बडादसैँको नर्वौ दिन सोमबार पनि अष्टमी तिथी परेको छ । यस दिन पनि अघिल्लो दिन जस्तै महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ ।
महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
अष्टमी दुई दिन भएकाले यस वर्ष नवरात्र पनि दशरात्र बन्न पुगेको छ । विजयादशमीका दिनमा टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ ।



























