काठमाडौं – महाअष्टमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका विभिन्न शक्तिपीठमा पुगेर पूजाआजा तथा दर्शन गरेका छन्।

सोमबार राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान र भद्रकालीलगायत शक्तिपीठमा पुगेर दर्शन गर्नुका साथै टीका तथा प्रसाद ग्रहण गरेका हुन्।


ADVERTISEMENT

# #


दसैँको महाअष्टमीका अवसरमा शक्तिपीठमा दर्शन गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि हरेक वर्षझैँ यस वर्ष उपत्यकाका विभिन्न मन्दिरको भ्रमण गरेका हुन्।