काठमाडौं– प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT


आयोगका अनुसार, दिउँसो १२ः ३० बजेसम्ममा औषतमा ४० प्रतिशत मतदान भएको छ भने सबैभन्दा बढी मनाङमा ५० प्रतिशत मतदान भएको छ ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ ।

बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था रहेको आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जानरी गरेको विज्ञप्तिमा उल्लेख छ ।